•  

    उर्लाबारी । मोरङको उर्लाबारी–३ मा एक करोड लगानीमा सञ्चालनमा आएको सुविधासम्पन्न ड्रिम्स होटलको शिवरात्रीको अवसरमा उद्घाटन गरिने भएको छ ।

    उर्लाबारी नगरपालिका मेयर खड्ग फागोले होटलको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पूर्ण सिंगक लिम्बूले जानकारी दिए । अध्यक्ष लिम्बूसहित व्यवसायी उदयचन्द श्रेष्ठ, टिका राजभण्डारी, बोधराज श्रेष्ठ र पदम राईको संयुक्त लगानीमा उक्त होटल सञ्चालनमा ल्याइएको हो । पारिवारीक वातावरण रम्न चाहनेहरुलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको अध्यक्ष लिम्बूले जानकारी दिए । उक्त होटलमा च्याउका परिकारहरु ग्राहकहरुले चाख्न पाउने छन् । होटलमा हाललाई डिलक्स र स्विट गरी ११ वटा कोठामात्र सञ्चालन गरिएको उनले बताए ।

    ‘आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ ,’ अध्यक्ष लिम्बूले भने ‘यसै कुरालाई मध्यनजर गर्दै हामीले अत्याधुनिक सुविधासहितको होटल सञ्चालनमा ल्याएका हौं ।’ होटलका म्यानेजर निरज श्रेष्ठले सर्भिस, फुड स्टान्डर र फुड सेफ्टी नै आफुहरुको पहिलो प्राथमिकता रहेको बताए । उनका अनुसार होटलमा पूर्वमा कतै नभएको स्वाद ड्रिम्स होटलमा पाउने दाबी छ । होटलमा १४ जना कर्मचारी रहेका छन् भने ७० देखि ८० जनासम्म अट्ने सेमिनार हल पनि रहेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …