• संसद् बैठकमा प्राय : सांसदहरुले औपचारिक भाषामा आफ्ना विचार प्रस्तुत गर्ने गरेको सुनिन्छ तर नेपाली काँग्रेसका सांसद गगन थापाले फरक शैलीमा भनाइ राख्नुभयो । प्रतिनिधिसभाको शून्य समयमा सांसद गगन थापाले स्वस्थानी कथा शैलीमा व्यग्ङ्यात्मकरुपमा विचार प्रस्तुत गर्दै बालुवाटार जग्गा अनियमिततामा संलग्नमध्ये कसैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको र केहीलाई छुट दिएको टिप्पणी गर्नुभयो ।

    एक मिनेट समय दिइने सो समयमा सांसद थापाले ‘कुमारजी आज्ञा गर्नुहुन्छ...’बाट शुरु गरेर ‘इति श्री स्कन्दपुराणे...’ मा आफ्नो लिखित भनाइको बिट मार्नुभएको थियो । बैठकमा सोही पार्टीका अत्तहरकमल मुसलमानले संसदमा बोल्दा सबै धर्मप्रति सद्भाव र मर्यादा व्यक्त हुनुपर्ने बताउनुभयो भने सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल असफल भएको जिकिर गर्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अमृता थापाले छाउगोठ भत्काउने राम्रो काम शुरु भएको तर यस्ता अन्धविश्वासी सोचविरुद्ध जनचेतना चलाउन माग गर्नुभयो । नेकपाका जुलीकुमारी महतोले महिलामाथि भएका बलात्कारका घटनाका दोषीलाई पक्राउ गर्न माग गर्नुभयो । सो पार्टीका खगराज अधिकारीले रामशाह सूचीमा सूचीकृत तालको अस्तित्व सङ्कटमा परेका संरक्षण गर्न माग गर्नुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …