एजेन्सी, ६ फागुन । नोवेल कोरोना भाइरस संक्रमणबाट चीनमा विशिष्ट ब्यक्तिहरुको ज्या न जाने क्रम जारी छ । दुई जना चिकित्सकले हालै ज्या न गु माएका छन् भने वुहानमा एक चिनियाँ फिल्म निर्देशकले पनि ज्या न गु माएका छन् । आफ्ना बृद्ध आमाबुवाको रेखदेख गरिरहेका ५५ वर्षे चाङ खाइको कोरोना सं क्रमणबाट निधन भएको हो ।
यो सं क्रमणबाट उनको परिवारका अन्य तीन जनाको पनि निधन भइसकेको छ । उनले न कोरोना सं क्रमित बुवाआमालाई बचाउन सके न त आफु नै बच्न सके । चाङ र उनको बहिनी जसले घरमा आमाबुवाको हेरचाह गरे, दुबै भाइरसबाट संक्रमित थिए । भाइरसबाट सं क्रमित भएको केही घण्टापछि उनको बहिनीको पनि निधन भएको थियो । खाइको श्रीमती पनि कोरोना सं क्रमित छिन् । उनको उपचार जारी छ ।
यसैबीच निर्देशक चाङले नि धनअघि लेखेको पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पत्रमा उनले लेखेका छन् मेरो बुवालाई ज्वरो, खोकी र सास फेर्न समस्या भएको थियो । हामीले उहाँलाई अस्पताल लाने प्रयास गरेका थियौ तर कुनै पनि अस्पतालले उहाँको भर्ना लिएन । किनकी कुनै अस्पतालमा पनि बिरामी राख्ने बेड खाली थिएन । अस्पतालले भर्ना नलिएपछि घरमै राखेर हेरचाह गर्ने क्रममा दुवै जनाको ज्यान गयो ।
पछिल्लो समय वुहानमा कोरोना सं क्रमितको संख्या बढेपछि त्यहाँ ६ दिनमै नयाँ अस्पताल निर्माण गरिएको थियो । चाङ सन् १९८९ मा फोटोग्राफी अध्ययन गर्न वुहान विश्व विद्यालय पत्रकारिता संकायमा भर्ना भएका थिए । त्यसपछि उनी हुबेई फिल्म स्टुडियोबमा पनि सामेल थिए ।