धरान / ७० औँ प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुनसरीको धरानमा राष्ट्रिय झण्डा फहराएका छन् ।
उनले बुधबार धरान उपमहानगरको भानुचोकमा राष्ट्रिय झण्डा झण्डोत्तलन पनि गरेका हुन् ।धरान उपमहानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा धरान पुगेका हुन्।
उपहानगरले पूर्वप्रधानमन्त्री समेत रहेका देउवाको उपस्थितिमा प्रजातन्त्र दिवसमा प्रभातफेरि, झण्डोत्तलन लगायतका कार्यक्रम गरेको हो। धरानमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई मेयरमा विजयी भएका थिए।