एजेन्सी, ७ फागुन । अमेरिकाको इन्डियाना, साउथ बेन्डमा विबाह गरेको १ घण्टामा नै एक महिलाले बच्चालाई जन्म दिएकी छिन् । मेयर ‘पेटे बुटिगिग’का अनुसार मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गरेको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।
उनीहरुले आकस्मिक रुपमा विबाह गर्नुपरेकाले औँठी नभएपछि एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिएको बताइएको छ ।
विबाहको १ घण्टामा वच्चा जन्माएपछि यो खबर मेयरसम्म पुग्यो । विबाह गरेको १ घण्टाको अन्तरमा छोरीलाई जन्मदिने जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।