काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताएको छ । आज पहाडी भूभागमा केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएको छ । भने देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ ।
पूर्वानुमानका अनुसार आज दिउँसो देशभर आंसिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।
साथै राति देशभर सामान्य बदली रही पश्चिमका केहि भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।