मिलान — एटलान्टाले बुधबार राति भ्यालेन्सियालाई ४–१ ले हराएर पहिलो पल्ट युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनल नजिक पुगेको छ । अन्तिम १६ को पहिलो लेगमा एटलान्टाका लागि डच विन्ग ब्याक हान्स हाटबोरले दुई गोल गरे ।
यसबीच जोसिप लिसिच र रेमो फ्रउलरले एक एक गोल गरे । सानसिरोमा भएको खेलमा डेनिस चेरीसेभले भ्यालेन्सियाका तर्फबाट एक गोल फर्काए ।
आयाक्स र चेल्सी सम्मिलित समूह चरण जितेको भ्यालेन्सियाले एटलान्टानविरुद्ध आफ्ना सबै पहिलो रोजाइका खेलाडी भने चोटका कारण उतार्न सकेन् । एटलान्टा भने लिग चरणका सुरुआती तीन खेल गुमाएर अहिले यो स्थितिमा पुगेको हो ।
(कान्तिपुर अनलाइनबाट)