•  

    काठमाडौं ।बिभिन्न सञ्चारमाध्यममा आफु बिरुद्ध अनर्गल समाचार आएको भन्दै युवा नेता शिशिर तामाङले खण्डन गर्नुभएको छ ।
    आफ्नो नाम जोडेर अनर्गल तथा तथ्यहीन सामग्री प्रकाशित भएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएको छ ।
    ‘युवा संगठनका संयोजक शिशिर तामाङद्वारा श्रीमती लाई निर्घात कुटपिट, बाहिर युवती संग मस्ती ।’ शीर्षकमा समाचार प्रकाशित भएको छ,यसमा कतिपनि सत्यता छैन्,उहाँले भन्नुभयो, मेरो राजनितीक करियर बिरुद्ध खेलिएको यो षणयन्त्र हो ।

    उहाँको श्रीमतीले समेत समाचारमा आपत्ति जनाउदै भन्नुभएको छ, उक्त समाचारमा केही समयअघि मेरो आँखाको डिलमा चोट लागेको थियो । सोही फोटो आठ वर्षपछि प्रकाशित गरी मेरो श्रीमान् मानबहादुर तामा (शिशिर) ले साउन २१ गते राति मदिरा सेवन गरी अन्धाधुन्ध प्रहार गरेको भनी समाचारमा प्रकाशित भएको छ ।
    मेरो श्रीमान् सांगठानिक र व्यक्तिगत केही व्यावसायिक कामका सिलसिलामा दिउँसोको समय सधै घरबाहिर रहने र हरेक साँझ र विहान म घरमै हुने गर्नुभएको छ । पार्टी, संगठन र व्यावसायका सिलसिलामा विभिन्न उहाँको महिला तथा पुरुष साथीहरुसँग निकट हुनुलाई मैले स्वाभाविक नै मानेको छु । तर, अरु कोही महिला वा पुरुषका कारणले हामीबीचमा कुनै प्रकारको वैमनस्यता, झैँझगडा भएको छैन ।

    काल्पनिक समाचारका आधारमा व्यक्तिको सामाजिक तथा व्यक्तिगत जीवनमा धावा बोल्न खोजिएको उहाँको भनाई छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…