काठमाडौं। चर्चित हास्य कलाकार तथा कमेडी च्याम्पियनका जज मनोज गजुलेरले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजिनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिएका छन् ।
विहिबार बिहान सामाजिक सञ्जालमा सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गजुरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । सर्वसाधारण जनता देखि मन्त्रिहरुले समेत यस बिषयमा ग’म्भीर छानविन हुनु पर्ने माग राखेका छन् ।
गजुरेलले ट्वीटरमा लेखेका छन् ‘करोड-करोड भन्नी तर सुको नदिनी’ भन्थ्यौ नि गाईज् । लिनी तरिका सिक क्या मन्त्रीज्यूबाट । उहाँको कमिसनको कन्टेन्टमा जोक थिएन । ‘मुख्य जिम्मेवार’ भन्ने ‘पञ्चलाईन’ पनि बिजोग थियो । तर, त्यही लार्इनबाट झण्डै सत्तरी करोड हान्दिए । राजिनामा देउ, अनुसन्धानलाई सघाउ, सरकार बचाउ ।’
https://twitter.com/gajureal/status/1230357705404993537