• कञ्चनपुर - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी मेसिन खरिदमा ७० करोड कमिसन मागेको आरोपको पुष्टि हुनुपर्ने बताउनुभएको छ ।

    बिहीबार कञ्चनपुरको बेल्डाँडीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै मन्त्री बाँस्कोटाले सत्तामा भएका बेला नेतालाई दिनदिनै आरोप लाग्ने बताउँदै त्यसलाई प्रमाणित गर्न पुष्टि हुनुपर्ने बताउनुभएकाे हो ।

    उहाँले वडाध्यक्षदेखि मेयरसम्मलाई आरोप लाग्ने गरेको बताउँदै आरोप लाग्नु ठूलो कुरा नभएको दावी गर्नुभयो ।

    नेकपाको सरकार आएका बेला मात्रै भ्रष्टाचार भएको आरोप लाग्ने गरेको बताउदै आरोप लागे पनि आफूहरु संघर्ष गरेर अगाडि बढिरहेको जिकिर गर्नुभयो ।
    ‘हामीमाथि भ्रष्टाचार, राष्ट्रघातका आरोप लागेका छन्’, उहाँले भन्नुभयो, ‘हामी यसकाे सामना गर्दै अगाडि बढिरहेका छौँ, आरोपहरुलाई कसरी गलत सावित गर्छौँ । ’

    बुधबार सेक्युरिटी मेसिन खरिदमा ७० करोड कमिसन मागेको अडियो बाहिरिएको प्रसंग जोड्दै मन्त्री बाँस्काेटाले त्यसलाई प्रमाणित गर्न पुष्टि हुनुपर्ने बताउनुभएको छ ।

    उहाँले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाण्डौ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताउँदै आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताउनुभयो ।

    बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न कञ्चनपुर पुग्नुभएका मन्त्री बाँस्कोटा बिहीबारै काठमाण्डौ फर्किने कार्य तालिका छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …