• सरकारको बचाउमा खरोरूपमा उभिँदै आएका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले २३ महिनापछि राजीनामा गरेका छन् ।

    सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रूपैयाँ कमिसनका बार्गेनिङ गरेको आरोप लागेपछि बाँस्कोटाले बिहीवार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

    २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ बाट प्रत्यक्ष निर्वाचित बाँस्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ चैत २ गते सञ्चार राज्यमन्त्री नियुक्त गरेका थिए ।

    केही समय राज्यमन्त्रीको रूपमा काम गरेपछि २०७५ जेठमा बाँस्कोटा मन्त्रीमा बढुवा भएका थिए ।

    सरकारको प्रवक्ताको समेत जिम्मेवारी पाएपछि बाँस्कोटाले साप्ताहिक रूपमा सरकारका निर्णय सार्वजनिक गर्दै आइरहेका थिए ।

    लामो समय पत्रकारिता गरेका र खरो स्वभावका सापकोटाले सरकारको प्रवक्ताको हैसियतमा चर्चा कमाएका थिए ।

    दुई दिन अघिमात्र प्रधामनन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको गृहजिल्ला पुगेर उनको प्रशंसा गरेका थिए ।

    २०२७ साल भदौ १३ गते काभ्रेको मण्डनदेउपुरमा जन्मेका बाँस्कोटाले तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियुको पाँचौ महाधिवेशनबाट विद्यार्थी राजनीति शुरू गरेका थिए ।

    रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक गरेका बाँस्कोटा राजनीतिसँगै दुई दशकसम्म पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहे ।

    छलफल, दृष्टि र प्रकाश साप्ताहिकमा काम गरेका बाँस्कोटाले पछि आफैं सम्बोधन साप्ताहिक प्रकाशन गरेका थिए । मन्त्री बन्नुभन्दा अघिसम्म उनी सोही पत्रिकाको प्रकाशक/सम्पादक थिए ।

    तत्कालीन नेकपा एमाले निकट पत्रकारको संस्था प्रेस चौतारीको अवधारणाकार र संस्थापक रहेका बाँस्कोटा नेपाल पत्रकार महासंघको सचिवको उम्मेदवार बनेका थिए । लोकान्तर बाट साभार

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …