• काठमाडौं, ८ फाल्गुन । सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटा ७० करोड घुस प्रकरणको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै मन्त्री पदबाट हात धुनु परेको छ । भ्रष्टाचार विरोधी भनेर आँफुलाई चिनाउने प्रधानमन्त्री केपी ओलीका दाइने हात बास्कोटा नै ७० करोड भ्रष्टाचारको बाग्ैनिगंमा उत्रिएको अडियो नै बाहिर आएपछि सरकार माथी नै ठूलो प्रश्न चिन्ह्न उठेको छ । नेपालमा राजनीतिज्ञ, मन्त्री र सरकारका उच्च ओहोदामा रहेकाहरु भ्रष्टाचारमा लिप्त हुने गरेको आरोप लागीरहेका बेला प्रम ओलीका खास मान्छे नै करोडौँको सौदाबाजीमा आरोपीत भएसँगै ओली सरकारमाथी नैतिकताको पनि प्रश्न उठेको हो । तर यो विषय बास्कोटाले राजीनामा मात्रै दिएर उम्किने र लुक्ने विषय रहेन अब । बार्गेनिगंमा बास्कोटासँग डिल गर्ने ब्यक्ति को हुन् भन्ने आम जनमानसमा पनि चासोको विषय बनेको छ ।

    बुधवार राति सार्वजनिक भएको मन्त्री बाँस्कोटा र अर्का एक व्यक्तिबीचको कुराकानीको अडियो आज बिहान ७ बजेपछि एकाएक भाइरल भयो । सरकारले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद गर्ने प्रकयामा जाने निर्णय गत पुसको ७ गते गरेको र यसबारेमा संसदका सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रिन्टिङ खरिदमा अनियममितता भएको भन्दै उ जुरी पर्‍यो र समितिले पनि उ जुरीमाथि छानवीन समेत अगाडी बढीरहेका बेला बास्कोटाले स्वीस कम्पनीका केवीए नोटासिसका नेपाली एजेन्ट विजय प्रकाश मिश्रसँग ७० करोड बढी घोटाला गर्ने प्लान सहितको महत्वपूर्ण अडियो सर्वसाधारण नागरिककै आँखा अगाडी आएपछि नैतिकताका आधारमा राजीनामा त दिए । तर संचारमन्त्रीको तस्विर भिडियामा भाइरल बनिरहँदा मिश्रको तस्विरबारे धेरै अनभिज्ञ छन् ।

    लेखा समितीमा उ जुरी परेपछि सोधखोजको क्रममा लेखा समितिमा पनि हाँजीर भएका मिश्रले अन्तिम समयमा आएर यो भिडियो बाहिर ल्याएको बताए। स्वीस एजेन्ट मिश्रले सरकारले फ्रान्सेली कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ खरिद गर्ने निर्णय गरेसँगै आफूसँग मन्त्री बाँस्कोटाले गरेको कमिसनको कुराकानीको करिब साडे २ मिनेट लामो अडियो बाहिर ल्याइदिएका हुन् ।

    मिश्रका अनुसार यो कुराकानी सञ्चार तथा प्रविधि मन्त्रालयमा नै भएको हो, त्यो पनि करिव १६ महिना पहिले । यो १६ महिनाको अवधिमा धेरै कुरा फेरियो । यहीवीचमा बास्कोटाले फ्रान्स र जर्मनमध्ये एक कम्पनीबाट सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएपछि घटनाले नयाँ मोड लिएको हो ।

    अहिले राज्यलाई ५ अर्ब ७८ करोड घाटा हुने गरी फ्रान्सेली कम्पनीलाई सेक्युरिटी प्रिन्टिङ प्रेसको जिम्मेवारी दिने तयारी गरेपछि राज्यलाई क्षति हुनबाट बचाउन अडियो सार्वजनिक गरेको मिश्रको तर्क छ ।

    हिजो आफूसँग २७ अर्बको परियोजना २८ अर्बको बनाएर ल्याउनुस् भनेका मन्त्रीले फ्रान्सको कम्पनीसँग पनि त्यहीखालको डिल गरेको जनताबाट नछिपोस् भनेर अडियो सार्वजनिक गरेको मिश्रको दाबी छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …