• गछिया जेसीजको छैटौ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    मोरङको सुन्दर हैरचा नगरपालिका वडा नम्बर ४ मा रहेको गोकुलम रिसोर्टमा पद हस्तान्तरणमा २०१९ का अध्यक्ष बोधराज रिजालले २०२० का अध्यक्ष मनोज रेग्मीलाई पद हस्तान्तरण गर्दै जेसीज चेन लगाइदिएको थिए । कार्यक्रमको उद्घाटन सुन्दर हैरचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले गरेका थिए । उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा जेसीजले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष समेत रहेका ढकालले समाज रुपान्तरण र आर्थिक विकासमा समेत अझ मजबुत भएर लाग्न युवाहरुलाई आग्रह गरेका थिए ।

    कार्यक्रममा सुन्दर हैरचा नगरपालिकाकी उपमेयर धनमाया तामाङ, वडा नम्बर ४ का वडा अध्यक्ष शैलेन्द्र श्रेष्ठ, नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल लगायतको सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…