एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट चीनमा २२ सय ३३ जनाको ज्यान गइसकेको छ । चिनियाँ स्वास्थ्य अधिकारीले बताए अनुसार उक्त संख्यामा कोरोनाबाट चीनमा मान्छेले ज्यान गुमाइसकेका छन् ।
गत वर्षको अन्त्यमा चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरू भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए पनि संक्रमितको संख्यामा भने कमी आएको चीन सरकारले जनाएको छ ।
गत मंगलबार एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्यु भए थियो ।को एपी समाचार समितिले बुधवार जनाएको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
बुधबारको दिन यस भाइरस सङ्क्रमणको कारण ११४ जनाको मत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ११८ पुगेको थियो । शुक्रबारसम्म झण्डै १०४ जनाको मृत्यु भएको छ ।