• लहान, ९ फागुन । प्रहरीको गस्ती टोलीले अ’वैध कुखुराको चल्लासहित मिनीट्रक निय’न्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख ४१ हजार १२० मूल्य बराबरको करिब दुई हजार अ’वैध चल्लासहितको ट्रक निय’न्त्रणमा लिएको हो ।

    बा २ च ३५४१ नम्बरको मिनी ट्रकबाट चल्ला ल्याइरहेको गोप्य सूचनाको आधारमा सो ट्रकलाई नियन्त्रणमा लिइएको र आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

    यस्तै प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–१६ तरेगना गोविन्दपुरस्थित मगरटोलमा चार हजार लिटर कच्चा घरेलु मदि’रा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले एक हजार तयारी म’दिरा नष्ट गरेको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । रासस

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …