•  

    काठमाडौं, फागुन ९

    रेल विभागले २६ जना कर्मचारी माग गरेको छ। भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म संचालन हुन लागेको रेलको लागि कर्मचारी माग गरिएको हो।

    विभागले शुक्रबार सूचना निकाल्दै विभिन्न ९ पदको लागि आवेदन खुलाएको छ।

    योग्यता पुगेका उम्मेदवारले १५ दिनमा विहान साढे १० बजेदेखि दिउसो २ बजेसम्म रेल विभागमा आवेदन दिन सकिने विभागले जनाएको छ।

    भारतको चेन्नाइमा रेल निर्माण भइसक्दा पनि कर्मचारी नियुक्त गर्न नसक्दा रेल संचालन हुन सकेको छैन।

    विभागले नेपाली नागरिकले मात्रै आवेदन दिन पाउने गरि सूचना निकालेको छ। १५ दिनमा पनि आवेदन नपरेमा विदेशी कामदारको भर्ना प्रकृया सुरु गरिने रेल विभागका प्रमुख बलराम मिश्रले बताए।

    उनका अनुसार पहिलो चरणमा २६ जना कामदार माग गरेपनि केही दिनमा अन्य कामदारको लागि पनि आवेदन खुलाइने छ।

    विभागले यसअघिनै २ सय कर्मचारी आवश्यक रहेको बताउँदै आएको थियो।

    विभागले निकालेको सूचनामा सिनियर सेक्सनल इन्जिनियर सिग्लनिङ्ग १ जना माग गरेको छ। यसका लागि इलेक्टोनिक इन्जिनियरिङमा स्नातक तह उत्तिर्ण गरी रोलिङ्ग स्टोक मर्मत सम्भारमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने छ।

    यस्तै, स्नातक तह उत्तिर्ण गरी रेल्वे स्टेशन मास्टरको रुपमा ५ वर्ष काम गरेको अनुभव भएका ८ जना स्टेशन म्यानेजरको पनि माग गरिएको छ।

    विभागले एक एक जना चिफ पावर कन्टोलर र चिफ लोको इन्स्पेक्टरको पनि आवेदन खुलाएको छ।

    चिफ पावर कन्टोलरको लागि रेल चालकको लाइसेन्स लिएको, ५ वर्ष रेल चलाएको र ५ वर्ष पावर कन्टोलरको अनुभव भएको हुनुपर्ने छ भने चिफ लोको इन्सपेक्टरको लागि ५ वर्ष लोको इन्स्पेक्टर भइ काम गरेको अनुभव चाहिने छ।

    यस्तै, लाइसन लिइ ५ वर्ष रेल चलाएको अनुभव भएका ३ जना लोको पाइलट, सह रेल चालकको लाइसेन्स लिइ ३ वर्ष काम गरेको ३ जना सह लोको पाइलट पनि माग गरिएको छ।

    एसइइ पास गरी सिभिल इन्जिनियरिङमा ६ महिनाको तालिम गरेको तथा ब्रोड गेज रेल्वेमा पी वे सुपर भाइजर भइ २ वर्ष कार्य अनुभव भएका ३ जना पी वे सुपरभाइजरको पनि माग गरेको छ।

    यस्तै, एसइइमा जिपिए २ ल्याइ मेकानिकल विषयमा कम्तीमा ६ महिनाको तालिम लिएको तथा रेल्वे रोलिङ्ग स्टोकको मर्मत सम्भार कार्यमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएकाले मेकानिक पदमा आवेदन दिन सक्ने छन्।

    विभागले ३ जना मेकानिकको माग गरेको छ। साधारण लेखपढ गर्न सक्ने तथा ब्रोडगेज रेल्वेमा ५ वर्ष पोइन्टस मेनको रुपमा काम गरेको ३ जनाले पनि पोइन्टस मेन पदको लागि आवेदन दिन सकिने विभागले निकालेको सूचनामा उल्लेख गरिएको छ।

    तर, कर्मचारीको तलव सुविधाको विषयमा भने सूचनामा खुलाइएको छैन।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …