• बन्दना भट्टराई
    फाल्गुन ९ गौरादह / एघार युवा कवितका ११० कविताको सङ्ग्रह “उज्यालोका मालीहरू” बजारमा आएको छ ।

    साहित्यकार महेश पौड्यालद्वारा सम्पादित यस सङ्ग्रहमा झापाका निरज दाहाल, इलामका रिजन मायालु, मोरङका प्रदिप योङहाङ लिम्बू, सुन्सरीकी दिपिका खतिवडा, सर्लाहीका रेहान खान, खोटाङका मोहन सङ्ग्राम, चिनवनका शरद ऋतु, काभ्रेका अदिप अधिकारी, सिन्धुलीका अनिल खतिवडा, कास्कीका सुदर्शन पौडेल र सुर्खेतका अर्जुन आचार्यका कविता समाविष्ट छन् ।

    सङ्ग्रहमा छोटा आकारका तर ओज र घनत्व बोकेका सूक्तिमय कविता समाविष्ट गरिएको सम्पादक पौड्यालले जनाएका छन् । पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो । फागनु १० गते यस पुस्तकको विमोचन गरिने प्रकाशकले जनाएको छ ।

    यसका लागि सबै कवि आआफ्नो जिल्लाबाट काठमाडौँ आउने व्यवस्था मिलाइएको शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले जनाएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …