•  



    काठमाडौं । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले अहिलेसम्म राजीनामा दिएका छैनन् । सभामुख अग्निप्रसाद सापकोटाले अनौपचारिक जानकारी भन्दै प्रतिनिधि सभा बैठकमा बाँस्कोटाले राजीनामा दिइसकेको भनेका थिए ।

    स्रोत अनुसार बाँस्कोटालाई राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिने भएका छन् । पश्चिम नेपालमा रहेका बाँस्कोटा राजधानी फर्कंदैछन् । आउनासाथ उनले प्रधानमन्त्री ओलीसँग भेट गर्नेछन् ।

    सभामुख सापकोटाले सभामुखको आसनमा बसेर ‘अनौपचारिक’ कुरा भन्नुलाई पनि अस्वाभाविक मानिएको छ । प्रतिनिधि सभा जस्तो अत्यन्तै औपचारिक र गम्भीर ठाउँमा सभामुख जस्तो जिम्मेवार पदमा बसेका सापकोटाले ‘अनौपचारिक जानकारी’ भन्दै बाँस्कोटाले राजीनामा दिएको सुनाएका थिए ।

    ‘अहिलेसम्म सञ्चार मन्त्री बाँस्कोटाको राजीनामा आएको छैन, तर उहाँले राजीनामा दिने नै हो’– प्रधानमन्त्री केपी शर्मा ओली निकट एक स्रोतले सनराइज खबरलाई बतायो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …