• २०७६ फागुन ९ गते

    काठमाडौं । ठूला तहका कर्मचारीले घूस लिन आफ्ना सवारी चालकलाई प्रयोग गर्न थालेको देखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गम्भीर भएको छ ।

    केही दिन यता अख्तियारले सवारी चालकमाथि ध्यान केन्द्रीत गरेको छ ।

    विद्युत प्राधिकरणका इन्जिनियर शेरबहादुर सुनुवार ७५ हजार रुपैयाँ घूस लिएको अभियोगमा अख्तियारको फन्दामा परेका छन् । उनी आफैंले घूस रकम थापेका थिएनन् । उनले आफ्ना सवारी चालकलाई प्रयोग गरेका थिए ।

    अख्तियारले पहिले टेकबहादुर खड्कालाई कमलामाई नगरपालिकामा रंगेहात पक्रियो । विद्युत प्राधिकरणको कार्यालय भवनको तला थप गर्ने ठेक्का लिएका ठेकेदारलाई कार्यालयले दिनुपर्ने रकम दिन सहायक प्रबन्धक शेरबहादुरले आनाकानी गरेका थिए । त्यसपछि उनले ठेकेदारलाई ७५ हजार रुपैयाँ घूस दिन वाध्य बनाए । घूस रकम थाप्न सवारी चालक टेकबहादुर गएका थिए । रकम लिँदालिँदै उनी समातिए ।

    टेकबहादुरले हाकिम साब उर्फ शेरबहादुरले लिन पठाएको वयान दिए । त्यसपछि शेरबहादुरलाई अख्तियारले पक्रियो । शेरबहादुर इन्जिनियर हुन् तथा प्राधिकरण सिन्धुलीका सहायक प्रबन्धक पदमा कार्यरत थिए ।
    उता चन्द्रागिरी नगरपालिकाका प्रशासकीय अधिकृत युवराज पौडेल पनि एक लाख रुपैयाँ घूस लिएको अभियोगमा पक्राउ परेका छन् । उनले पनि घूस लिन आफ्ना सवारी चालकलाई प्रयोग गरेका थिए ।

    चन्द्रागिरी नगरपालिकाले एक मिडिया कम्पनीलाई दिनुपर्ने रकममा घूस मागेका थिए युवराजले । उनले पनि आफ्ना सवारी चालकलाई घूस लिन पठाएका थिए । सवारी चालक पक्राउ परेपछि युवराजको पोल खुल्यो र उनी पनि पक्राउ परेका हुन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …