• काठमाडौं, ९ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) वीचको पार्टी एकीकरण चुनाव चिन्हले विथोलेको छ ।

    राप्रपाको चुनाव चिन्हका विषयमा पनि सहमति हुन नसक्दा एकता रोकिएको नेताहरुले बताउने गरेका छन् ।

    कमल थापा नेतृत्वको राप्रपाका नेताहरूले चुनाव चिन्ह ‘गाई’ लाई बनाउन दबाब दिँदै आएका छन् ।

    पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त) का नेताहरूले चुनाव चिन्ह ‘हलो’ राख्न दबाब दिने गरेका छन् ।

    तर, दुबै पक्षले चुनाव चिन्हको विषय महाधिवेशन अगाडि नै शीर्ष नेतृत्वले मिलाउनुपर्ने पक्षमा लचकता देखाए पनि मिल्न नसक्दा एकता भाडिएको स्रोतहरुले उल्लेख गरेका छन् ।

    कसले नेतृत्व हत्याउने भन्ने कुरा नमिल्दा एकता रोकिएको नेताहरु बताउँछन् । एकीकरणपछि राप्रपाको नेतृत्व अर्थात अध्यक्षमा कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनीलाई बनाउने तयारी भएको छ ।

    त्यसमा कार्यकारी को हुने भन्नेमा लफडा रहेको बताइन्छ । कुरा मिल्ने सम्भावना न्यून भएपछि राप्रपा (संयुक्त) का अध्यक्ष पशुपति शमशेर राणा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

    राप्रपाका अध्यक्ष कमल थापा फागुन ४ गतेदेखि १८ गतेसम्म पार्टी संगठन सुदृढीकरण तथा बिस्तारको लागि देश दौडाहामा जाँदै छन् ।

    सांगठनिक रुपमा कमल थापा नेतृत्वको राप्रपा पशुपति शम्शेर राणाको राप्रपा (संयुक्त) भन्दा बलियो रहेको चर्चा छ ।

    कमल थापाले पार्टी एकीकरणका विषयमा त्यसलाई आधार बनाएर आफू हाबी हुन खोजेपछि राप्रपा (संयुक्त)का नेताहरू शसंकित बनने गरेका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …