• काठमाडौं, ९ फागुन । नेपाल आइडल सिजन–३ मा यो साता पनि झापाकी रचना रिमालले सबैभन्दा धेरै भोट पाएकी छिन् । लगातार तीन एपिसोडमा सर्वाधिक भोट पाएर सेफ रहेकी रचनाको भोट संख्या भने खुलाइएको छैन् ।

    मौलिक स्वर भएकी प्रतिस्पर्धीको रुपमा रुचाइएकी रचनाले सर्वाधिक भोट पाइरहँदा अन्य कन्टेस्टन्टभन्दा उनि खुंखार छिन् भन्ने चाँही होइन । उनको स्वरमा अर्गानिक फ्लेवर भए पनि उनीमा कन्फिडेन्ट भने कम रहेको छ । स्टेजमा पर्फर्म गर्दा जहिल्यै लो नोटमा उनको स्वर काम्ने समस्या छ । यसैले पनि होला सायद उनले बढी भोट पाएको बारेमा जव अनाउन्स हुन्छ तव युट्युबमा लाइभ हेरिरहेका दर्शकले आफु ‘सक्ड’ भएको प्रतिक्रिया दिन्छन् । यति मात्र होइन के हेरेर रचनालाई यति धेरै भोट दिन्छन् भन्नेसम्मको प्रतिक्रिया आउने गरेका छन् ।

    यो हप्ता पोखराकी ममता गुरुङ बाहिरिएपछि अब आइडलमा ८ जना प्रतिस्पर्धी बाँकी छन् । यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेका छन् । त्यस्तै होस्टमा आसिफ शाह र माम्पी घोष रहेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …