•  

    काठमाडौं,फागुन ९

    राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा सोमबार आयोजित विशेष समारोहमा सरिक भएकी छन्।

    सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन्।

    राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

    समारोहमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘ शिवरात्रि र सेना दिवस’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो।

    समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो। त्यस्तै सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धून प्रदर्शन गरेको थियो।

    सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरिएको थियो। त्यसअन्तर्गत पिटी, तेक्वान्दो, सुट टू किल, मुकदल, रौद्र ताण्डव, खुकुरी ड्रिल प्रस्तुत भयो। नेपाली सेनाको व्यवसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो।

    सेना दिवसका उपलक्ष्यमा त्यहाँ सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो।

    समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। सो अवसरमा विशेष फौज वाहिनीबाट आतङ्ककारी आक्रमण गर्नेलाई नियन्त्रण गरिएको सैन्य कौशलको नमूना प्रस्तुत गरियो। समारोहमा मुलुकका सातै प्रदेशका भेषभूषा र संस्कृति झल्कने नृत्य तथा झाँकी पनि प्रस्तुत गरिएको थियो।

    उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत समारोहमा उपस्थित छन्।

    हेर्नुस् तस्बिर:





सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …