•  

    फागुन ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो जन्मथलो आठराइ जाने भएका छन् । आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रम ओली आठराई गाउँपालिका जान लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    उनी फागुन ११ गते हेलिकोप्टरमार्फत् तेह्रथुमको आठराई, सल्ले जान लागेका हुन् ।

    प्रधानमन्त्री ओलीले छिट्टै पुनः मिर्गौैला प्रत्यारोपण गर्दैछन् । मिर्गौला प्रत्यारोपणपूर्व जन्मथलो जाने ईच्छा भएपछि पुख्र्यौली घर रहेको आठराई जान लागेको बताइएको छ । प्रधानमन्त्री आफ्नै खर्चमा त्यहाँ जान लागेको सचिवालयले जनाएको छ ।

    साविक आठराई गाविसमा जन्मिएका ओली बाबु मोहनप्रसाद ओलीसँगै त्यहाँको जायजेथा बेचेर बाल्यकालमै झापा आएका थिए । पछि ओलीले १० लाख रुपैयाँमा बाबुले बेचेको पुख्र्यौली घरजग्गा ओलीले खरिद् गरेका थिए ।

    जन्मथलो गएका बेला तेह्रथुम, पाँचथरमा खानेपानी आयोजना र सल्ले–ढुङ्गेसाँघु (ताप्लेजुङ) जोड्ने सडक समेत शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …