•  

    काठमाडौँ । समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बन९ाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
    धन देखेपछि महादेवका तीन नेत्र उखान गाउँघरमा चलनचल्तीमा रहे पनि चोरी गर्नुलाई गम्भीर पाप गर्नुसरह मान्ने स्थानीय मान्यता छ । यसै मान्यताका कारण नाम्खा गाउँपालिकाको लिमीमा चोरीका कुनै घटना नहुने हल्जी गाउँका खेण्डाप तामाङले जानकारी दिनुभयो ।
    चोरीका घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पार्नुपर्ने मुलुकका अन्य भागको जस्तो अवस्था लिमी गाउँमा छैन । चोरीमुक्त भनेर चिनिएका लिमीका तीनवटा तिल, हल्जी र जाङ पर्छन् । यो कुनै नयाँ स्थापना गरेको मान्यता नभई परम्परादेखिकै कसैको कसैले चोरी गर्ने कुप्रवत्ति रहेको छैन  । अन्नपात, लत्ता कपडादेखि भाँडाकुँडा पनि घरको आँगन तथा घरबाहिर नै राखिन्छ ।
    चोरी नै नहुने भएपछि लिमीका तीनै गाउँमा घरका सामान आँगन र घरबाहिर राख्ने गरिएको वडाध्यक्ष पाल्जोर तामाङले बत९ाउनुहुन्छ  । हिउँदको समयमा व्यापार तथा अन्य कामको क्रममा युवा सबै गाउँ बाहिर आयआर्जन गर्न जाने भएकाले गाउँमा बा९लबालिका र बूढाबूढी मात्र बस्ने स्थानीय बासिन्दा बताउँछन् । चोरीको घटना हुने भएको भए बढी समस्या हुने बताउँदै वडाध्यक्ष तामाङले चोरी नै नहुने भएपछि ढुक्कका साथ गाउँ बाहिर गएर काम गर्ने चलन रहेको बताउनुहुन्छ । वडाध्यक्ष तामाङ भन्नुहुन्छ, ‘‘गाउँमा चोरी हुँदैन । युवा बाहिर गएर ढुक्कले काम गर्छन्, यहाँका मानिसलाई चोरी के हो थाहा छैन ।’’
    लिमीमा आफ्नै परम्परागत घर निर्माण हुने गर्छन् । ती घरमा कहिल्यै ताला लगाउने चलन नै छैन । चोरी नै नहुने भएपछि तालाको आवश्यकता नपरेको वडाध्यक्ष तामाङले बताउनुभयो । यसका साथै मानिस हिँड्दा कुनै सामान खसेको भए फेला पार्नेले धेरैले चिनेको स्थानीय व्यक्तिलाई दिने चलन छ । उनीहरूले हराएको सामानबारे सार्वजनिक जानकारी दिन्छन् । त्यो समाज केही समयपछि नै सामान धनीले पाइहाल्छ । त्यसैले कुनै सामान हराए पनि नपाइएला भन्ने चिन्ता नहुने उहाँले बताउनुभयो ।
    तुलनात्मक रूपमा लामा बस्तीमा चोरीका घटना कमै हुने भए पनि लिमी भने चोरीका लागि धेरै सुरक्षित बस्ती भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिनुभयो । गाउँपालिकामा १८ वटा बस्ती रहेकोमा अन्य बस्तीमा फाट्टफुट्ट रूपमा चोरीका घटना हुने गरे पनि लिमीमा कुनै घटना नै नहुने उहाँले बताउनुभयो ।
    जेठपछि लिमीमा बाहिरका मानिस आउजाउ गर्ने र जनावर चोरी सिकारीका घटना हुने गरेपछि त्यसलाई नियन्त्रण गर्न स्थानीय स्तरमा निगरानी राख्ने गरिन्छ । लिमीवासीमा जनावर तथा चराचुरुङ्गी मार्न पनि धार्मिक रूपमा राम्रो मानिँदैन । त्यसो भएका कारण हत्या हिंसाका घटना नहुने उहाँले बताउनुभयो । चोरीका घटना नहुने भएपछि लिमीको सुनखानीमा पाँच महिना बस्ने प्रहरी चौकी कात्तिकपछि कुनै उजरीबिनै सिमकोट आउने गरेको स्थानीयवासीले जानकारी दिएका छन् । गोरखापत्रबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…