• फागुन १०, २०७६ 
    काठमाण्डाै - आज शनिबार पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् ।

    आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।

    यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने उहाँले बताउनुभयो । तर भोलि आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

    यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सि साेमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …