• फागुन १०, पथरी ।
    मोरङको पथरीशनिश्चरे नगरपालिकामा शृङखलाबद्ध रुपमा चोरीका घटनाहरु बढ्न थालेका छन् ।
    गत विहिवार देखी पथरी शनिश्चरे नगरपालिका क्षेत्रका विभिन्न स्थानमा यस्ता गतिविधि वढ्दै गएका हुन ।
    विहिवार राति लगभग १ वजेको समयमा पथरी वजारको जातेमोडको एक होटलमा चोरी भएसगै यो गतिविधि बढ्दै गएको हो ।
    जाँतेमोडमा रहेको दुर्गा होटलमा भएको चोरीमा चोरले नगद ७ हजार २ वटा मोवाईल लगायतको सामान लगेको होटल संचालकले जानकारी दिएका छन् ।


    भने लगतै भोलिपल्ट पथरी शनिश्चरे वडा नं. ९ मा रहेको अग्रसर बचत तथा ऋण सहकारी सस्थामा तोडफोड भएको घटना बाहीर आएको छ ।
    सहकारीमा तोडफोड गरी चोरीको प्रयास भएपनि सस्था बाट कुनै आर्थिक चोरी नभएको प्रहरीले जनाएको छ ।
    साथै सोही समयमा सोही क्षेत्रमा बसोवास गर्ने कोपिला खाती र मैतारानी लिम्बुको घरमा चोरी भएको घटना पनि बाहिरीएको छ ।
    खातिको घरबाट १३ हजार रुपैया र एउटा सामसुङ मोबाईल र मैतारानी लिम्बुको घर बाट ७ तोला चाँदी र एउटा क्यमेरा चोरी भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
    तिनै स्थानमा भएको चोरीको प्रकृति एकै किसीमको देखिएका कारण फरार चोरहरु चाडै प्रकाउ पर्ने इलाका प्रहरी प्रमुख डिएस्पी दिलिप कुमार गिरीले बताए ।
    पछिल्लो समय ईलाका प्रहरी कार्यालयमा डिएस्पी गिरी आए सग–सगै प्रहरीको सङख्यामा पनि दोव्वरले बृद्धि भएको छ तर चोरीका घटनाहरु भने शृङखलाबद्ध रुपमा बढ्दै जानुले प्रहरीको रात्रिकालिन गस्ती अझै बढाउनु पर्ने देखिन्छ ।


    यस्तै प्रहरीले गत फागुन १ गते राति धरान उप–महानगर पालिका वडा नं.१६ गणेशमान चौक बाट हराएको मोटरसाईकल पथरीमा चोरहरु सहित पक्राउ गरेको छ ।
    प्र–१–०२–०४१ प १९८१ नम्वरको कालो रातो साईनिङ भएको पल्सर मोटरसाईकल सहित पाँचथर मिक्लाजुङ ४ वस्ने वर्ष २१ का अनुप लिम्वु, संखुवासभा पाँचरुपन नगरपालिका वडा नं. ४ वस्ने वर्ष २८ का हेमराज रेग्मी र सोही ठेगाना भएका वर्ष २१ का लिला मगरलाई पथरी प्रहरीले पक्राउ गरेको हो ।
    चोरहरुले मोटरसाईकलको चावी लक परिवर्तन गरिसेका थिए भने नम्वर प्लेट, नयाँ लगाउने क्रममा पथरी बजार सम्म भएको देखिएको छ । उनिहरुको साथ बाट केही थान मोवाईल परिर्वतीत मोटरसाईकलको नम्वर प्लेट सहित प्रहरीले पक्राउ गरेको हो ।
    पथरी बजारको एक बाईक ग्यारेजमा मर्मतका लागि ल्याइएको सो मोटरसाईल मर्मतका क्रममा संकास्पद लागेपछि ग्यारेज संचालकले प्रहरीलाई खवर गरेका थिए ।
    ग्यारेज संचालकले दिएको सुचनाको आधारमा प्रहरीले सोधिखोजी गर्दा मोटरसाईकल सहित ३ जनालाई पक्राउ गर्न सफल भएको हो । मोटरसाईल सम्वधित व्याक्तिलाई जिम्मा लाएको छ भने चोर हरुलाई आवश्यकीय कानुनी प्रकृया अगाडी बढाएको डिएस्पी गिरीले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …