•  

    काठमाडौं ।महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चेर पशुपतिनाथ मन्दिर र त्यस वरपरको क्षेत्रलाई पशुपति क्षेत्र विकास कोषले फूलैफूलले सजायो । दिनभर मानिसहरु त्यही फूलको सजावट अगाडि उभिएर फोटो खिचे । रातारात सजाइएका फूलहरु गायब थिए । ‘यो सजावट बाँदरबाट कसरी जोगाउने होला भन्ने चिन्ता थियो,’ पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकाल भन्छन्, ‘बाँदर चढ्न सक्ने ठाउँको बरु सुरक्षित छ, मान्छेले भेट्न सक्ने ठाउँको फूल चोरी भएछ । विरक्त लाग्यो मलाई त ।

    पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई फूलैफूलले सजाउन झण्डै दुई करोड रुपैयाँ खर्च गरेको थियो । फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारतलगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

    ती फूलहरुबाट पुशपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वार नै फूलैफूलले बनाइएको छ, जसमा आकर्षक ढंगले ‘ओम नमः शिवाय’ लेखिएको छ । शिवलिंगदेखि शिवको बाहन साँढेसमेत फूलबाटै बनाइएको छ । ठाउँठाउँमा गमलाहरुमा पनि फूल राखिएको थियो । तर मानिसहरुले भुइँमा राखिएका गमलादेखि झुण्डाएर राखिएका फूलसमेत चोरी भएका छन् । बाँदरबाट जोगिए पनि मानिसबाट फूल नजोगिएकामा पशुपति क्षेत्र विकास कोषका अधिकारीहरु चिन्तित छन् ।

    यस वर्षको महाशिवरात्रिमा १२ लाख बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । शनिबार बिहानैबाट पशुपतिनाथ क्षेत्र वरपर सरसफाइ थालिएको छ ।

    काठमाडौंमा सजाइएका फूल चोरी भएको यो घटना पहिलो भने होइन । यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला तीनकुनेको सडकमा सजाइएका फूल र दुबोसमेत चोरी भएको थियो । त्यसपछि सशस्त्र प्रहरीको उपत्यका बाहिनीले फूलको सुरक्षाका लागि टोली नै परिचालन गरेको थियो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …