• २०७६ फाल्गुण १० शनिबार 

    शरिरको वजन धेरै हुने मानिसलाई हृदयघात हुने सम्भावना भए जस्तै मानिसको कम्मरको आकार ठूलो हुन गएमा पनि हृदयघातले च्याप्ने बताइएको छ । युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीको अनुसार मानिस पातलो हुँदा हुँदै उसको कम्मर फुट्न लागेको छ भने रोगको असर बढि पर्न आउने अनुमान गरिएको छ ।मानिसहरुमा मोटोपा हुनु उनीहरुको दुर्भाग्य हो । यसको कारण हृदयघातको असर प्रबल रहेर गएको अनुसन्धानकर्ताहरुको सुझाव छ ।

    मानिसहरुको छाती स्वस्थ रहनु पर्छ । उनीहरुले औषधी सेवन गरिरहेको वा नगरेको विचार गर्नु पर्छ । शरिरको रगत बारम्बार जचाउँनुपर्छ ।

    अध्ययनमा २२,००० स्वीडिस विरामीको हृदयघातको सम्भावनाको परिक्षण गरियो । प्राय उनीहरुको मुटुको धमनी र मुटुले रगत फाल्दा दिने झड्काको जाँच पनि गरियो । १२,३२ पुरुष र ४६९ नारीमा रोगको संक्रमण पाइयो । ७०% मानिसको कम्मर ३२ इन्च आकारको पाइयो ।

    अध्ययनको दाबी छ यदि कोही मानिसको कम्मरको आकार ठूलो देखिन्छ भने उ धुम्रपान, मधुमेह,मोटोपन वा अन्य यस्तै रोगहरुको शिकार भएको हुन्छ ।

    पुरुषको संख्यामा महिलाको शरिर झन भारी हुने तर्क अध्ययनमा गरिएको छ । उनीहरुको कम्मरको आकार बढि वजनको कारण झन ठूलो हुने गर्दछ ।

    मानिसमा हुने गरेको कोलस्ट्रोलले वजन बढाउन अप्रत्यक्ष भूमिका खेलेको हुन्छ साथसाथै कोलस्ट्रोलकै कारण मुटुको धमनीले रगत फाल्ने काममा पनी बाधा हुन आउँछ ।

    विश्व स्वाीस्थ्य संगठनका अनुसार पुरुष मानिसमा कम्मरको आकार ९४ से.मि. र महिलाको कम्मरको आकार ८८ से.मि. पाइएमा हृदयरोगको लागी हानिकारक हुने उल्लेखित छ ।

    स्वस्थकर खाना खानु, दैनिक व्यायाम गर्नु, करिब ३० मिनेट पैदल हिड्नुले मानिसमा रहेको कम्मरको आकार पातलो हुने बताइएको छ ।
    (स्रोतः सिएनएन)

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …