• इटहरी । भारतमा भएको बस दुर्घटनामा मृत्यु हुने इटहरीवासीको संख्या १० पुगेको छ । गत माघ २३ गते तीर्थयात्रामा गएका उनीहरू सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा इटहरी वडा नं. १०, ११ र १२ का १० जनाको ज्यान गएको हो ।

    पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ अनुसार मृत्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० बर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको मृत्यु भएको छ । ३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी घाइतेहरूको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

    ३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाले घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेहरूमा २ जना महिला र ४ जना पुरुष रहेका छन् । शव फिर्ता गर्ने प्रकिया अघि बढाउन नेपाली दूतावासले भारतको विदेश मन्त्रालय र तामिलनाडूको स्थानीय निकायसँग समन्वय गरिरहेको जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करले दुवै दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति श्रद्धाञ्जली र घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …