एजेन्सी । बलिउड अभिनेत्री जिया खानले आ’त्माह’त्या गरेको ७ बर्ष पुरा भैसक्यो तर अझै उनको आ’त्मह’त्या र’हस्यमय नै छ । उनले बलिउडमा भर्खर उदाउने बेला २५ वर्षकै उमेरमा आ’त्मह’त्या गरेकी थिइन् ।
उनले २०१३ को जुन ३ मा आफ्नो घरको पङ्खामा झु’ण्डिएर आ’त्मह’त्या गरेकी थिइन् । उनले आफ्नो प्रेमी सूरज पंचोलीको कारण आ’त्मह’त्या गरेको सु’साइड नोट पनि लेखेकी थिइन् ।
उनले आ’त्मह’त्या गरेपछि प्रहरीले सुरजलाई पक्राउ गरेको थियो । लामो समयसम्म सुरजको मु’द्दामा सुनुवाई भइरहेको भए पनि कुनै पनि नतिजा नआएपछि जियाको परिवार अदालतमा उपस्थित हुन छोडेको छ ।
यस्तो थियो उनको ‘सु’साइड नोट’
‘थाहा छैन, तिमीसँग यो कुरा कसरी भनुँ । तर अब गुमाउनको लागि केही बाँकी छैन । त्यसैले सबैकुरा खुलाउने समय आएको छ । यसै पनि मैले सबै कुरा गुमाइसकेकी छु । जब तिमी यो पत्र पढिरहेको हुनेछौँ त्यतिबेला सम्म म यो दुनियाँ छोडेर गइसकेको हुनेछु वा जाने तयारीमा हुनेछु । म भित्रभित्रै टुक्रिइसकेकी छु । तिमीलाई त यसको बारेमा अन्दाज पनि छैन । तर ममा तिम्रो असर यस्तो परेको थियो कि तिम्रो प्रेममा यसरी पागल भएँ कि आफैलाई बिर्सिन थालेँ । तिमीले मलाई त’ड्पाइरह्यौँ । सधैँ पी’डा दियौँ । अब त मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ । …………..सधैँ ग’र्भवती हुने डर भइरहन्थ्यो । तर पनि म तिम्रो लागि सबै सुम्पिदिन्थेँ । तर यसको ब’दलामा तिमीले मलाई सधैँ दुख र पी’डा दियौँ ।’