• काठमाडाैंफागुन १०, २०७६
    एजेन्सी

    सुनको मूल्य दिनदिनै बढ्दै गइरहेका बेला धेरै सुन भण्डारण गर्ने देशहरूलाई फाइदा पुग्छ । विश्वमा आर्थिक मन्दीका कारण सुनको भाउ बढ्दै गइरहेको छ ।

    सुन भण्डारणको मामिलाको विश्वमा कुन–कुन देश शक्तिशाली छन् ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्वमा सर्वाधिक सुन भण्डारण गर्ने देशको नाम प्रकाशन गरेका छन् ।

     

    विश्व सुन परिषद्को रिपोर्ट अनुसार अमेरिकामा ८ हजार १३३ टन सुन भण्डारण गरिएको छ । यसका साथै अमेरिका सुन भण्डारणको पहिलो नम्बरमा छ ।

    दोस्रो नम्बरमा जर्मनी रहेको छ, उससँग ३ हजार ३६६ टन सुन छ । अमेरिका र जर्मनीपछि तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग २ हजार ४५१ टन सुन रहेको छ ।

     

    चौथो नम्बरमा इटाली रहेको छ, जहाँ २ हजार ४५१ टन सुन रहेको छ । पाँचौ नम्बरमा फ्रान्ससँग २ हजार ४३६ टन सुन रहेको छ ।

    छैठौ नम्बरमा रुससँग २ हजार २१९ टन सुन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सातौं नम्बरमा रहेको चीनमा १ हजार ९३६ टन सुन मात्रै रहेको छ ।

    सुन भण्डारणको मामिलामा स्विजरल्यान्ड आठौं नम्बरमा छ, जहाँ १ हजार ४० टन सुन रहेको छ । नवौ नम्बरमा रहेको जापानसँग ७६५ टन सुन छ ।

    भारत १० नम्बरमा छ, उससँग ६१८ टन सुन छ । उत्तर प्रदेशको सोनभद्रमा सुन भण्डार फेला परेकाले भारतले सुन भण्डारको अवस्थालाई सुधार्ने जनाइएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …