• काठमाडौँ, १० फागुन (रासस)

    नेपालका लागि नेपाली अभियानले भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ ।

    पछिल्लो समयमा मुलुकमा भ्रष्टाचार, महङ्गी, असुरक्षा, बलात्कार, महिला हिंसा र अपराध बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्न आग्रह गर्दै अभियानकर्मीले माइतीघर मण्डलामा आज प्रदर्शनसमेत गरेका छन् ।

    अभियानले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत नेपालको सिमाना र भूभागको रक्षा गर्दै धर्म, संस्कृति र सभ्यताको जर्गेना गरी राष्ट्रियताको संरक्षणमा समेत जोड दिएको छ ।

    ‘भ्रष्टाचारको निर्मूलीकरण, राष्ट्रियताको संरक्षण र राजनीतिक शुद्धीकरण हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित शुरु भएको अभियानले शिक्षा, स्वास्थ्यलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन पनि माग गरेको छ ।

    अभियानकर्मी रामकृष्ण थापाले बेरोजगारी, गरिबी र सबैखाले विभेदको अन्त्य गर्दै मजदूर, किसान, महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै तहका नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …