• झापा । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन प्रालिले सेवाको नाममा ठगी गरेको भन्दै प्रयोगकर्ताले गुनासो गर्न थालेका छन् । हाइ स्पिडमा चल्ने रेट लिस्ट देखाएर महंगो शुल्कमा ईन्टरनेट जडान गराउने धन्दामा वर्ल्डलिंक कम्पनीका कर्मचारीहरु सक्रिय भएर लाग्ने गरेको पाइएको छ । समय समयमा ग्राहकहरुलाई प्रलोभनमा पार्ने खालका प्याकेजहरु ल्याएर बजारमा एकाधिकार गर्न पल्किएको वर्ल्डलिंक प्रती ग्राहकहरु निराश हुदै गएका छन् ।

    ईन्टरनेट जडान गरे बापत एक थान एल इ डी निशुल्क प्रदान गर्ने र ४/५ वटा मोबाईल राम्रो संग चलाउन सकिने थाहा पाए पछि झापा मेचिनगरका उमेश मैनालीले आफ्नो घरमा वर्ल्डलिंकको ईन्टरनेट जडान गरे । उनले वार्षिक प्याकेज बापत २५९९० रुपैयाँ भुक्तानी गरेका थिए । भुक्तानी गरेको ७ दिन सम्म १५ एम बि पि एस मा चलेको नेट अहिले १.५ के. बि. पि. एस. मा झरेको छ । उनलाई २५ एम बि पि एस को आश्वासन दिइएको थियो ।

    यसै सन्दर्भमा वर्ल्डलिंक दमक शाखाका प्रमुख राजन तिमल्सिनासंग सम्पर्क राख्दा ` यी भनेका धेरै टेक्निकल समस्या हुन् , के कारणले नेट स्लो भएको पत्ता लगाएर समाधान निकाल्न सकिन्छ तर शर्त अनुसारको सेवा नदिनु भनेको चाहिँ ठगि गर्नु नै हो ´ उनले स्वीकार्दै भने ।

    वर्ल्डलिंकले ग्राहकलाई भ्रममा पारेर बजारमा एकाधिकार लाद्ने कोशिशमा लागेको र क्षमता भन्दा बढी सेवा बिस्तार गरेकै कारणबाट समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।ग्राहक सेवा केन्द्रको रूपमा ठाउँ ठाउँमा खोलिएका शाखा कार्यालयमा बारम्बार सम्पर्क गर्दा समेत कुनै सुधार आउन नसके पछि अधिकांश ग्राहकहरु विकल्पको खोजीमा लागेका छन् ।

    झापा धरमपुरका एक जना वर्ल्डलिंक ग्राहकलाई पनि उक्त टेईन्टरनेट कम्पनीले राम्रै संग पिडित बनाएको पाइएको छ । छोराछोरीले अस्ट्रेलिया बाट सम्पर्क गर्दा उनले राम्रो संग कुरा गर्न नपाएको १ महिना भन्दा बढी भएको छ ।बारम्बार सम्पर्क गरेर समस्या सुनाउन कोशिश गर्दा कुनै रेस्पोन्स नै नरहेको उनको आरोप छ ।

    ब्यक्तिगत रूपमा ईन्टरनेट जडान गर्नेहरु मात्र होइन विभिन्न कार्यालयहरुमा महंगो शुल्क लिएर जडान गरिएको ईन्टरनेट समेत चल्न छोडेका गुनासाहरु सामाजिक संजालमा हिजोआज निकै बढेर गएको छ ।समस्या कहाँ नेर छ भनेर वर्ल्डलिंक कार्यालयमा सम्पर्क गर्न खोज्दा कम्पनी सञ्चालको बारेमा आफुहरुलाइ कुनै जानकारी नै नहुने उक्त कम्पनीको ग्राहक सम्पर्क केन्द्रमा काम गर्ने कर्मचारीहरुले बताउने गरेका छन् ।

    सस्तो लोकप्रियता कमाउने बहानामा ठगी गर्न पल्किएका ईन्टरनेट सेवा प्रदायक कम्पनीलाई कानुनी दायरामा ल्याउन सरकार समेत असफल रहेको हो की भन्ने विश्लेषण गर्न थालिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …