इटहरी, १० फागुन । भारतमा भएको बस दु’र्घटनामा मृ’त्यु हुनेको संख्या १० पुगेको छ । मृ’तक सबै इटहरीवासीको रहेका छन् । गत माघ २३ गते तीर्थयात्रामा गएका उनीहरू सवार बस भारतको सलेम बेंगलरु नेशनल हाइवेमा बिहीबार बिहान दु’र्घटनामा परेको थियो ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ अनुसार मृ’त्यु हुनेमा ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० बर्षीय रसिलाल चौधरी, ६६ बर्षीया बुधनी थरुनी, ६५ बर्षीया फूलसरीदेवी चौधरी, ६५ बर्षीया मञ्जु राई, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको रहेका छन् ।
३४ जना सवार रहेको मिनिबस दु’र्घटना हुँदा ६ जनाको घटनास्थलमै मृ’त्यु भएको थियो भने बाँकी घाइ’तेहरूकाे उपचारको क्रममा मृ’त्यु भएको हो ।