• १० फाल्गुन २०७६, शनिबार 

    झापा - केहि वर्ष अघिसम्म बन्दुकको नाल समाउदै आएका पाँचथरका दुर्लभजंग याक्थुम्बा अचेल गौरादहमा घोडाको स्याहार गर्दै गरेको भेटिन्छन । अमेरिकी सेनामा काम गरिसकेका याक्थुम्बा बिगत एक वर्ष देखि घोडापालनमा रमाईरहेका छन् ।

    बम र बारुद संग खेल्दाखेल्दै आफ्नै देशमा कृषिकर्म गर्न मन लागेपछि सेनाको जागिर छोडेर गौरादह आएको सुनाउछन् याक्थुम्बा । अमेरिकी सेनामा कार्यरह्त रहदा घोडापालन सम्बन्धि ज्ञान बटुल्ने अवसर पाएका थिए याक्थुम्बाले । त्यो ज्ञान उनि व्यवासायमा लगाउन चाहन्थिए ।

    विदेशी भुमिमै कर्म गरिरहेका अर्का धरानका अनिल भट्टराईलाई पनि आफ्नै देशमा केहि गरौ भन्ने हुटहुटि थियो । पैसा त् थियो तर लगानी केमा गर्ने ? कुन व्यवासाय गर्दा ठिक हुन्थियो, उनलाई कुनै मेलोमेसो थिएन । त्यतिकैमा काठमाडौं बस्दा चिनजान भएका याक्थुम्बालाई भेटे उनले ।

    याक्थुम्बाको घोडा प्रजनन केन्द्र बनाउने योजना सुनेपछि उनलाई मनपर्यो । सानैदेखि कृषिकर्म प्रतिको मोह र बिचार मिल्ने साथि भेटेपछि उनीहरुलाई अरु के चाहियो र ? सुरु गरे घोडापालन व्यवासाय ६० लाख लगानीमा ।

    उनीहरुले बैगुन्धुरामा करिव तिन बिगाहा जग्गा निजमा लिएर घोडा पालन व्यवासाय गरिरहेका छन् । उनीहरुको फर्ममा अहिले तीन ओटा घोडा छन् , फरकफरक जातका । दुई घोडा गर्भवती छन् ।

    ‘हिमालयन रेन्च एण्ड फार्मस ' नाम दिइएको फार्म हाउसलाई घोडा प्रजनन केन्द्रका रूपमा विकास गरिएको उनिहरुको भनाई छ ।

    फर्म नेपालकै पहिलो घोडा प्रजनन् केन्द्र रहेको याक्थुम्बाले दाबी गरे । 'हाल नेपाली सेनाले मात्र घोडा प्रजनन केन्द्र संचालन गरेको छ ' उनले भने- ' निजि क्षेत्रमा पहिलो हाम्रो फर्म हो । '

    फर्ममा नेपाली सेनाबाट खरिद गरिएको 'थोरोर्बिड पोनी कर्स' , पाकिस्तानको सिंदको रैथाने 'सिंद घोडा' लगायतका घोडा रहेको छन् । पहिलो लटमा उच्च नश्लका ब्रुडमयर स्टालयन ल्याएको र आगामी दिनमा 'नुकरा' घोडा ल्याईने उनले जनाए ।

    घोडालाई पर्यटन प्रवद्र्धनमा जोड्ने उनीहरुको योजना रहेको बताए । सन् २०२५ देखि लगानी उठ्नुका साथै प्रतिफल आउने याक्थुम्बाले जानकारी दिए । ‘घोडा पाल्दा धैर्यशील भएर मेहनत गर्नुपर्छ । कम्तीमा दुईतीन वर्ष त केही पनि नहुँदा दुःख मान्नु हुन्न', उनले भने ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…