अर्जुन जम्नेली राई
मोरङ । मोरङको पथरीशनिश्चरे-२ मा आज (फागुन १०) अपरान्ह करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा २२ बर्षिय राजेश दियाली(बिक) रहेका छन । उनले आफ्नै घर नजिक रहेको गुहे होलिमा घरैबाट विधुत तानेर माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
घाइते दियालीलाई उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।