• काठमाडौं । मोरङ सिजुवा शनिश्चरे जन्मथलो भएका गायक तुलाधर दर्नाल काठमाडौं रहेर लामो समय देखि गीतसंगीतमा ब्यस्त छन् ।
    उनको दैनिकी गीतसंगीमै बित्छ । कहिले रेकर्डिङ त कहिले होटल को कार्यक्रम मै ब्यस्त हुन्छु,तुलाधर भन्छन्‘ गीत संगीतमा लागेको लगभग १२ र १३ वर्ष भै सक्यो ।’
    २०६६ तिर पहिलो एल्लम समर्पण ल्याएर नेपाली गीतसंगीतमा प्रवेश गरेका दर्नालको उक्त एल्बममाआधुनिक तथा पप गीतहरु समावेश थिए । सो एल्बमका गीतहरु स्रोताहरुले निक्कै मन पराएको कारण उनलाई गीतसंगीतमै केहि गर्ने हौषलाा मिलेको थियो । उक्त एल्बममा समाबेश युवराज पौडेलको शब्द रहेको ‘बिचै नदिमा तिमीले’ दर्शक स्रोताले औधि रुचाएका थिए ।
    उनी सँगैका साथीहरु कोहि विदेश तथा कोहि नेपालमै बिभिन्न क्षेत्रमा काम गरिरहेका छन् । उनी पनि गीतसंगीतमै संघर्षरत । गायन क्षेत्रमा लागेकोमा उनलाई कति पनि पछुतो छैन् । तुलाधर भन्छन्,गायन क्षेत्रमा एकदमै सन्तुष्ट छु, नत्र यत्रो वर्ष सायद सांगीतिक क्षेत्रमा टिकि रहन्नथे होला ।’


    पहिलो एल्बम बाट उनले आर्थिक रुपमा प्रगती नगरेपनि गीत संगीत ले उनको पहिचान दिलायो । गीतलाई उनी औधषी नै मान्छन् । ‘गीत संगीत भनेको वास्तव मै अद्भुत हुन्छ ।भावना ब्यक्त गर्ने माध्यम पनि हो। संगीतले उपचार जस्तै काम पनि गर्छ। जोश जागर थप्छ भने शिथिलता हराउन मद्दत गर्दछ,उनले भने ।

    उनी भन्दै गए, बच्चै देखि म मा संगीतको नशा थियोे । यसै क्रममा स्कुलमा हुँदा साथीहरू भेला पारेर गीत सुनाउथे ।साथीहरूले तेरो राम्रो छ स्वर भनेर उक्साउथे ।आफुलाई पनि बिस्तारै हो नै जस्तो लाग्दै गयो । बिस्तारै बिस्तारै यस्तो क्रम बढ्दै गयो । पछि क्याम्पसमा पनि सबैलाई सुनाउदै जाँदा अहिले सम्म सांगीतिक क्षेत्रमा छु । ’



    उनी प्राय सबै प्रकारको गीतहरू सुन्छन् । धेरै जसो नारायण गोपाल ,भक्तराज आचार्यका गीत उनलाई मन पर्छ । नेपाल को परिवेशमा गीत संगीतबाट बाँच्ने थोरै मात्र छन जस्तो लाग्छ,उनलाई । गीत संगीतमा लाग्नेलाइ बचाउने भनेको स्कुल ,होटल रेस्टुरेन्ट हो उनले भने,‘जहाँ संगीत सिकाएर,गीत गाएर जीविकोपार्जन हुन्छ ।’ संगीत बाहेक तुलाधरलाई घुम्न,समाज सेवा गर्न मनपर्छ ।


    साँगीतिक क्षेत्रमा उनी बग्रेल्ती समस्या पनि देख्छन् । भन्छन्— संगीत नै नसिकि यो क्षेत्रमा जो कोही आउनुहुँदैन । पैसा को भरमा गीत निकाल्नु ,अनि जस्तो पायो त्यसतो गीत मिडियाले बजाउनु हो यो क्षेत्रको बिकृति हो । ’

    यो क्षेत्रमा आउन चाहनेलाई नयाँ पिढीलाई सिकेर ,बुझेर अनि अरु भन्दा केही फरक पन लिएर आउन आग्रह गर्छु,तुलधारको सुझाप छ ।
    सबै स्रोतालाई लक्षि गरेर गीत निकाल्न चाहाने तुलाधरको बढी युवा पुस्ताले गीत मन  पराएका छन् ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…