• काठमाडौं । पछिल्लो समय नेपालीहरुका बीचमा टिकटक एप एकदमै भाइरल भइरहेको छ । चलचित्र देखि गीतको प्रमोशनका लागि यसको सहारा लिने क्रम बढ्न थालेको छ । यस्तै एक चर्तित गीतको टिकटक भिडियो बनाएर आर्कषण पुरस्कार जित्ने सक्ने अफर आएको छ । चर्चित गायक राज सिग्देलको आवाजमा ‘ओठवाली’ बजारमा आएको गीतमा टिकटक भिडियो बनाउँनुपर्ने हुन्छ । समधुर आवाजका धनि सिग्देलको आवाज रहेको गीतका शब्द अग्नी पराजुलीका हुन् ।



    ओठवालीमा संगीत चाँदनी प्रसाद काफ्लेको रहेको छ । टिकटक बनाएपछि लाइक, कमेन्ट, सेयर अनी भ्युजका आधारमा विजेता घोषणा गरिने जनाइएको छ । यसमा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई १० हजार पुरस्कार दिने घोषणा गरिएको छ । यस गीतमा चर्चित गायक एवं मोडल दुर्गेश थापा र सोनिका रोकायाको बेजोड अभिनय रहेको छ ।


    गीतलाई निर्देशन गम्भीर विष्टले गरेका हुन् । गीतमा भएका सुन्दर दृश्यहरु खिच्ने काम नवराज उप्रेतीले गरे भने सम्पादन नविन निरौंलाको रहेको छ । आजबाट सुरु भएको यो प्रतियोगिता आजबाट ७ दिन अर्थात एक हप्तासम्म चल्ने जानकारी दिइएको छ । तपाँईको जानकारीका लागि भनौं भिडियो राख्दा #othawali राख्नुपर्नेछ । थप जानकारी तल भिडियोमा हेर्न सक्नुहुन्छ ।


    https://www.youtube.com/watch?v=_vG_grbuvbk&feature=emb_title

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…