• बाहुण्डाँगी । रामग्राम जेसीजको जेसीज सप्ताह सुरु भएको छ । विभिन्न कार्यक्रमसहित सुरु भएको सप्ताहको पहिलो दिन पर्यटन वर्ष २०२० लाई सफल बनाउन र रामग्राम स्तुपको प्रवद्र्धन गर्न उदेश्यका साथ रामग्राम स्तुप उजैनीमा पर्यटन सम्बन्धि बोर्ड राखिएको छ । पर्यटन वर्षलाई प्रबद्र्धन गर्ने लक्ष्यका साथ पहिलो कार्यक्रम गरिएको हो ।
    शाखाका अध्यक्ष सन्दिप अग्रहरीको सभापतित्व तथा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष शिवशंकर रायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याल, विभिन्न वडाका अध्यक्षहरु, जनप्रतिनिधि, रामग्राम जेसीजका कार्यसमिति, सदस्य, पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, रामग्राम महिला जेसीजका अध्यक्ष तथा पूर्व अध्यक्षहरु, सुनवल जेसीजका अध्यक्ष उत्सव पौडेल, रामनगर जेसीजका अध्यक्ष भोजराज पौडेल, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत गरी ७० जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रम संयोजक कार्यकारी उपाध्यक्ष जेसी पुष्पा खनाल रहनु भएको थियो । कार्यक्रममा पर्यटन वर्षका विषयमा अन्तक्रिया समेत गरिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…