बाहुण्डाँगी । राम्रग्राम जेसीजले सुरु गरेको जेसीज सप्ताह अन्तर्गतको दोस्रो कार्यक्रम योगाभ्यास गरेको छ । उद्योग वाणिज्य संघ सभाहल सम्पन्न योगाभ्यासमा योगमार्फत स्वस्थ रहन अभिप्रेरित गर्न, सकरात्मक सोचको विकास गराउने लक्ष्य रहेको थियो ।
शाखाका अध्यक्ष सन्दि अग्रहरीको सभापतित्व तथा उद्योग वाणिज्य संघ नवलपरासीका उपाध्यक्ष नगेन्द्र अग्रहरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा करिब ५५ जना सहभागिता रहेको थिए । कार्यक्रममा रामग्राम योग समितिका पदाधिकारीहरु, रामग्राम जेसीजका पूर्व अध्यक्षहरु, उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, रामग्राम महिला जेसीजका अध्यक्ष रजनी ढकाल लगायत नगरवासीहरुको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक उपाध्यक्ष जीवनकला गौतम रहेकी थिइन् ।