• फाल्गुण ११ आइतबार

    काठमाडौं । हाल देशभर आंशिक बदली रहेको छ । वर्षा पर्ने सम्भावना तत्काल छैन । पश्चिमी न्यूनचापीय वायुको प्रभाव कम हुँदै गएको छ ।

    उपत्यकाको तापक्रम न्युनतम ७ डिग्रीको तापक्रम आसपास रहने भन्दै मौसमविद् बरुण पौडेलले बेलुकीपख पहाडी भेगमा चट्याङ पर्ने सम्भावना रहेको बताएका छन् ।

    मौसमका कारणले सुर्खेत र तुम्लिङटारका विमानस्थल खुलेका छैनन् । बिहान काठमाडौंको भिजिबिलिटी तीन किलोमिटर भएकाले हवाइ उडान भइरहेका छन् ।

    साँझपख पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति देशभर बदली रहनेछ। पश्चिमी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    चट्याङसमेत पर्ने सम्भावना रहेकाले पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध ससमेत गरिएको छ ।

    शनिबार देशका अधिकांश स्थानमा फाटफुटदेखि भारी वर्षा भएको थियो । सबैभन्दा बढी दिपायलमा ४२.३ मिलिमिटर वर्षा भएको थियो भने कम धनकुटामा १.३ मिलिमिटर वर्षा भएको छ ।

    फाटफुट वर्षा भएको मापन भने मौसम महाशाखाले गरको छैन । काठमाडौंमा पनि ६.४ मिलिमिटर मापन गरिएको थियो ।
    यस्तो छ सोमबार र मंगलबारको मौसम पूर्वानुमान –

    फागुन १२ गते सोमबार

    दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। मध्य तथा पुर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

    रातीः देशको मध्य तथा पुर्वी भूभागमा आँशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

    फागुन १३ गते मंगलबार

    दिउँसोः देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भेगको मौसम सामान्यतया साफा रहने छ ।
    रातीः देशका पहाडी भूभागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यतया साफा रहनेछ।

    पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहन्छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…