बाहुण्डाँगी । ‘घुम्ने संस्कृतिको विकास गरौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने नाराका साथ मेचीनगर लेडी जेसीजले शनिवार मेचीनगरका विभिन्न पर्यटकीय क्षेत्रको स्थलगत भ्रमण गरेको छ ।
मेचीनगरमा रहेका कालिका सिमसार, बासबारी सिमसार, कृष्णथुम्की, मिनिमाउटेनलगायतका पर्यटकीय क्षेत्रको भ्रमण गरेका थिए । भ्रमणको क्रममा लेडी जेसीजको टोलीले त्यस क्षेत्रका समिति तथा विभिन्न व्यक्तिहरुसँग अन्तक्रिया समेत गरेका थिए । पर्यटनको ठूलो सम्भवान बोकेको मेचीनगरका पर्यटकीय क्षेत्रलाई प्रबद्धनसहित पर्यटन वर्षलाई सफल पार्ने लक्ष्यका साथ करिब ३५ जनाको टोलीले अवलोकन गरेको हो ।
उपाध्यक्ष पवित्रा विमली प्रसाईको संयोजन तथा शाखाकी अध्यक्ष तुलसा दंगालको नेतृत्वमा रहेको टोलीमा शाखाकी निवर्तमान अध्यक्ष मञ्जु खनाल, पूर्व अध्यक्षहरुको शोभा श्रेष्ठ, टिका सुबेदी, उषा श्रेष्ठसहितको सहभागितामा उक्त भ्रमण गरिएको हो । एक साता अघि मात्र भ्रणम वर्षको विषयमा मेचीनगरका सरोकारवालासँग अन्तक्रिया गरेको शाखाले उक्त अन्तक्रियाबाट आएको सुझावसहित प्रचार प्रसार गर्दै भ्रमण गरेको हो ।