• बाहुण्डाँगी । जनकपुर जेसीजद्धारा शनिवार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाइटी जनकपुरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ८७ प्रिन्ट रक्तदान भएको थियो ।रक्तदान जीवन दान भन्ने मूल नाराका साथ जेसीस जनकपुरको आयोजनामा रक्तदान सम्पन्न भएको हो ।

    कार्यक्रममा राजपाका यूवा नेता सिताराम यादब, पत्रकार राजकमल सिंह, ॐ प्रकाश नेपाली, जनकपुर जेसीजको अध्यक्ष गौतम साह, महासचिव मनोज साह, कोषाध्यक्ष राज कुमार साह, उपाध्यक्ष यातोष साह, उपाध्यक्ष डा राजेश मण्डल,पूर्व अध्यक्ष सुदीप कोइराला,धनुषा जिल्ला ट्राफिक प्रहरी निरीक्षक परशुराम घिमिरे , तथा रवि चन्द्र पंडित,संजय हाथी ,सुजीत झा सहित ८७ जनाले रक्तदान गरेको जेसीसका उपाध्यक्ष प्रशान्त झाले जानकारी दिए ।

    जनकपुर जेसीज सन १९७६ मा स्थापित भए देखि नै यस क्षेत्रका युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकास र समुदायमा हस्तान्तरित विभिन्न कार्यक्रमहरुको आयोजना गरी मानवताको विकास सँग सँगै समाजमा सक्रिय नागरिकको भूमिका निर्वाह गर्न जेसीआईको ध्येय र लक्ष्य प्राप्तिका लागि जेसीजको आधार स्तम्भ जेसीज आस्थालाई आफ्नो अनुशासन बनाइ “मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” ।

    जनकपुर जेसीजद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना जनकपुरधाम जनक चौकमा गरिएको थियो ।

    बृहत रक्तदान कार्यक्रममा जनकपुरधाम नगर क्षेत्रको साधारण व्यक्ति देखी बिभिन्न संघ संस्थाका प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिहरुको उल्लेखिय सहभागिताका साथ ८७ पिन्ट रगत रक्तदान गरियो । यस कार्यक्रमका संयोजक नितेश जयसवाल रहेका थिए ।

    जनकपुर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी गौतम साहको सभापतित्व तथा राजपा नेपाल धनुषाका जिल्ला अध्यक्ष एवं जनकपुर प्रादेशिक अस्पतालको सभापती संजय सिंहको प्रमुख आतिथ्यतामा भएको थियो । बृहत रक्तदान कार्यक्रममा जनकपुरधाम नगर क्षेत्रको साधारण व्यक्ति देखी बिभिन्न संघ संस्थाका प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रमका संयोजक नितेश जयसवाल बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…