• नोवल कोरोना भाइरसको संक्रमण रोकथाम गर्न भारतीय पक्षले सीमा क्षेत्रको आवागमनमा कडाइ गरेको छ ।

    भारतीय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले सीमा क्षेत्रमा संयुक्त स्वास्थ्य जाँच सुरु गरेको हो ।एसएसबीले पश्चिमी नाका गड्डाचौकीबाट मास्कबिना भारत पस्‍न रोक लगाएको छ । ‘मास्क नलगाई गएकालाई नाकाबाटै फर्काउन लागेको छ,’ महेन्द्रनगरका व्यवसायी नारायण साउदले भने, ‘नेपालबाट भारततर्फ जानेलाई कडाइ गरिएको हो ।’

    ब्रह्मदेव, गड्डाचौकी र दोधारा चाँदनी क्षेत्रमा एसएसबीले स्वास्थ्य जाँचमा कडाइ गरेको हो । साउदका अनुसार सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीसँगै बसेका स्वास्थ्यकर्मीको टोलीले रुघाखोकी लागेका तथा शंकास्पद व्यक्तिको जाँच गर्नुका साथै परामर्श दिने गरेका छन् । सशस्त्र प्रहरीको बीओपीका इन्चार्ज प्रहरी निरीक्षक रामसिंह भण्डारीले भने भारत तथा नेपाल दुवैतर्फ आउजाउ गर्नेलाई कडाइ गरिएको बताए ।

    गड्डाचौकीको नागरिक सहायता कक्षका कर्मचारी नायब सुब्बा दानसिंह बोहराका अनुसार शुक्रबारदेखि सीमामा थप कडाइ गरिएको हो । उनका अनुसार एसएसबीले मास्क अनिवार्य गरेपछि सीमावर्ती बजारमा यसको कालोबजारी पनि हुन थालेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …