• काठमाडौं, ११ फागुन । हिन्दु धर्मअनुसार आइतबार सूर्य देवको प्यारो दिन मानिन्छ । यस दिन सूर्य देवको उपासना गरे लाभ मिल्ने धार्मिक विश्वास गरिन्छ । मनोकामना पूर्ण गर्न मनुष्यले सूर्यको उपासना गर्नुपर्ने सूर्य पुराणमा उल्लेख छ ।

    धार्मिक ग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ । अथर्ववेद र सूर्योपनिषदमा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ । शास्त्र अनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ ।

    कसरी गर्ने सूर्य देवको उपासना ?

    सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

    यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।

    सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ ।

    व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ ।

    सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ ।

    ॐ मित्राय नम

    ॐ रवये नमः
    ॐ सूर्याय नमः
    ॐ भानवे नमः
    ॐ खगाय नमः
    ॐ पुष्णे नमः
    ॐ हिरण्यगर्भाय नमः
    ॐ मारिचाये नमः
    ॐ आदित्याय नमः
    ॐ सावित्रे नमः
    ॐ अर्काय नमः
    ॐ भास्कराय नमः

    सूर्य मन्त्र

    आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।
    हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन ।।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…