• २०७६ फाल्गुण १२ सोमबार

    काठमाडौं । देशभरको मौसम सामान्यतया अहिले सफा रहेको छ । तर माथिल्लो भेगमा पश्चिमी वायुको न्यूनचापीय प्रणाली र तल्लो तहमा स्थानीय वायु प्रणालीको प्रभाव रहेको छ ।

    धेरैजसो स्थानमा मौसम सफा रहेको छ । पूर्वका झापा, विराटनगर लगायतमा आंशिक बदली रहेको छ ।

    पूर्व, मध्य र पश्चिममा अपरान्हतिर बदली बढेर वर्षा हुने सम्भावना छ ।

    उपत्यकामा अपरान्हतिर मौमसमा बदली हुने वरिष्ठ मौसमविद् राजु प्रधानांगले बताएका छन् । उपत्यकामा बिहान भिजिबिलिटी ५ किलोमिटर र तापक्रम ७ डिग्री सेल्सियस रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भेगमा आंशिक बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको देखिन्छ ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

    देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति देशको मध्य तथा पुर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहने छ।

    मध्य तथा पुर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

    देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    देशका मध्य तथा पुर्वी भूभाग साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ ।

    यस्तो छ मंगलबार बुधबारको पूर्वानुमान
    फागुन १३ गते मंगलबार
    दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा मेध गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहन्छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    फागुन १४ गते बुधबार

    दिउँसोः देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

    रातीः देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी तथा मध्य पहाडी पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …