• उर्लाबारी, ६ माघ । मोरङको उर्लाबारीमा हिजोदेखी सुरु प्रथम उर्लाबारी मेयर कप फुटवल प्रतियोगितामा आज वडा नम्बर ७ र ८ बीच प्रतिस्पर्धा हुने भएको छ ।

    उर्लाबारी – ३ स्थित चाईनिज क्याम्प खेल मैदानमा दिउँसो ३ बजेपछी सुरु हुने खेलमा यी दुई टिमबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उर्लाबारी नगरपालिकामा साबिक राजघाट गाबिस थपिएपछि बनेको वडा नम्बर ८ को टिम नयाँ भएकाले पनि उसको प्रस्तुती सबैका लागि प्रतिक्षा बनेको छ । प्रतियोगिता अन्र्तगत हिजो भएको उद्घाटन खेलमा वडा नम्बर २  लाई  २ – १ गोल अन्तरले हराउँदै वडा नम्बर ६ विजयी भएको थियो । प्रतियोगिताको हिजा एक कार्यक्रमका बीच उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उपाधि विजेताले ७५ हजार तथा उपविजेताले ५० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मधुमल्लामा जारी प्रथम मिक्लाजुङ अन्तर विद्यालय फुटबल प्रतियोगितामा आज मनोहर जनता मावि मिक्लाजुङ ७ र सरस्वती मावि मिक्लाजुङ ७ बीच प्रतिस्पर्धा हुने भएको छ । खेल मनोहर जनता माविको खेल मैदानमा दिउँसो ३ बजेपछी सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा मदर मधुमल्ला बोर्डिङ स्कुल मिक्लाजुङ – ९ लाई ५ – ० ले हराउँदै रिलायन्स अंग्रेजी स्कुल विजयी भएको थियो । प्रतियोगिता आगामी माघ १६ गते सम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासील गर्नेले क्रमश : नगद १५ हजार र १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक  दीपज्योती युवा क्लबका अध्यक्ष सन्तोष गौतमले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…