• पथरी, ६ माघ

    मोरङको पथरीशनिश्चरेलाई सूचना–सञ्चारमैत्री नगरका रुपमा विकास गर्ने योजना अघि सार्दै पत्रकार भूपेन्द्र तिम्सिनालाई ‘सूचना संयोजक’मा नियुक्त गरिएको छ ।

    नगर कार्यपालिकाको वैठकले साहित्य र कलाकारितामा समेत सक्रिय विगत २२ वर्षदेखि पत्रकारितामा क्रियाशिल सोही नगर निवासी तिम्सिनालाई नगरपालिकाको सूचना व्यवस्थापनको जिम्मेवारी दिइएको नगरपालिका प्रवक्ता याम गुरागाईंले जनाउनु भयो ।

    तिम्सिना राष्ट्यिस्तरका सञ्चारमाध्यममा समेत लामो समयदेखि काम गर्दै आउनु भएका इमान्दार र कर्तव्यनिष्ठ पत्रकारका रुपमा चिनिनुहुने नगरपालिकाले ठहर गरेको उल्लेख छ । कान्तिपुर पब्लिकेशनको नेपाल साप्ताहिक, नेपाल समाचारपत्र दैनिकमा समेत लामो समय काम गरिसक्नु भएका तिम्सिना हाल मकालु टिभी, ब्लाष्ट टाइम्स दैनिक, सप्तकोशी एफएममा आवद्ध हुनुहुन्छ । उहाँ पथरीशनिश्चरेका सवैभन्दा पुराना पत्रकार हुनुहुन्छ ।

    उहाँले हालसम्म ८० वटाको संख्यामा स्थानीय, राष्ट्यि तथा अन्तराष्ट्यिस्तरका पुरस्कार तथा सम्मान पाइसक्नु भएको छ ।

    कार्यपालिकाको सो बैठकमा विभिन्न २६ वटा विषयमा छलफल भएको छ । छलफलले कानूनी सल्लाहकारमा कानून व्यवसायी दीपक राईलाई समेत नियुक्त गरेको छ ।

    वैठकबाट मनिष सुब्बाको अध्यक्षतामा १५ सदस्यीय नगर खेलकुद विकास समिति पनि गठन भएको छ ।

    वैठकले, नगर प्रमुख दिलिपकुमार राई (किशोर) को संयोजकत्वमा १५ सदस्यीय शैक्षिक व्यवस्थापन समिति, उपप्रमुख यमुना विष्ट वाँस्तोलाको संयोजकत्वमा योजना अनुगमन् समिति गठन गरेको छ ।

    नगर क्षेत्रका ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयमसेविकालाई नगरपालिकाको तर्फबाट जनही ५० हजार नगद सहित माघ १३ गते एक कार्यक्रमकाबीच सम्मानजनक विदाई गरिने पनि निर्णय भएको छ ।

    यसका साथै, नगरसभाले निर्णय गरेको रिङरोडको नक्साङ्कन्, हसन्दह क्षेत्रमा वक्राहा खोलामा झोलुङ्गे पुल निर्माण, नगरपालिका कार्यालय रहेकोस्थलमा सपिङ कम्प्लेक्स निर्माण सहितका नगरका महत्वका योजनाहरु कार्यान्वयनमा अघि बढ्ने निर्णय पनि भएको छ ।

    पथरी डाइनियाँ सडक तथा गान्धिमनमोहन मार्गको शनिश्चरेखण्ड र त्यस दक्षिणमा कालोपत्रे हुन वाँकी सडकको कालोपत्रेका लागि जिल्ला प्राविधिक कार्यालयबाट डीपीआर तयार गरी अगाडि बढाउने समेत वैठकबाट निर्णय गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…