बाहुण्डाँगी । भद्रपुर जेसीजद्धारा भद्रपुर जेसीजका पूर्व अध्यक्ष स्वग्रीय खगेन्द्र सुवेदीको १५ औँ बार्षिक पुण्य तिथिको अवसरमा छात्राछात्रलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
जेसीज सचिवालय भद्रपुरमा आइतवार आयोजित कार्यक्रमका बिच भद्रपुर जेसीजले अभिभावक्तव ग्रहण गरेका चन्द्रगढीको प्रञा एकाडेमी, विभूति विद्या मन्दिर र मेरीगोल्ड स्कुलमा अध्ययन गर्ने छात्राछात्र क्रमश तारा सुब्बा, महेश दुलाल तथा सञ्जय बानियाँलाई विद्यालय व्यागसहित शैक्षिक सामाग्री वितरण गरेको हो ।
यसैगरी, विदुर बोडिङ स्कुल भद्रपुरका अजय बानियाँ, हिमालयन बोडिङका दिलिपि राजवंशी र एमररल्ड एकाडेमीका सरस्वती सिंहलाई समेत सो सामाग्री वितरण गरेको हो ।
कार्यक्रमको उद्घाटन भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठले गरेकी थिइन् । शाखाका अध्यक्ष डिल्लीराम पोखरेलको सभापतित्व तथा महासचिव निकास पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठ, स्वग्रीय सुवेदीका दाजु गुरु सुवेदीले मन्तव्य राखेका थिए ।
जेसीज आस्था जेसी रमेश लुइँटेल तथा कार्यक्रमको स्वागत उपाध्यक्ष युवराज न्यौपानेले गरेका थिए ।
भद्रपुर जेसीजका पूर्व अध्यक्ष सुवेदीको २०६१ सालमा क्यान्सर रोगबाट निधन भएको थियो ।