• बाहुण्डाँगी । नेपाल भ्रमण २०२० लाई लक्षित गर्दै आगामी फाल्गुन १७ गते चक्रघट्टी जेसीजले प्रथम वराहक्षेत्र रन(२०७६ु कार्यक्रम आयोजना गर्ने भएको छ । जेसीजले शनिवार आफ्नो सचिवालयमा एक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो । कार्यक्रमका बारेमा बोल्दै जेसीज अध्यक्ष सन्तोष चौलागाईंले सो कार्यक्रम वराहक्षेत्र नगरपालिकाकै आजसम्मकै सबैभन्दा ठूलो हाफ म्याथुन प्रतियोगिता हुने तथा भिजिट नेपाल २०२० अन्तरगतको पहिलो बृहत कार्यक्रम हुने दाबी गरे । वराहक्षेत्र नगरपालिकामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै वराहक्षेत्र नगरपालिकालाई देशभरि नै चिनाउनका लागि यो कार्यक्रम कोसेढुङ्गा सावित हुने समेत उनले बताए ।
    आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै नेपाल सरकारले गौरवको कार्यक्रमका रूपमा लिएको भिजिट नेपाल २०२० को कार्यक्रमलाई सार्थक बनाउनका लागि आयोजित प्रथम वराहक्षेत्र रन(२०७६ कार्यक्रम वराहक्षेत्र नगरपालिकाको चतरा स्थित कुम्भ स्तम्भबाट सुरू भई वराहक्षेत्र नगरपालिका(६, चक्रघट्टी स्थित महेन्द्र मा।वि। को प्राङ्गणमा आएर समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद रू। २० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भनें क्रमशस् दोस्रो हुनेले रू। १२ हजार, तेस्रो हुनेले रू। ७ हजार र सान्त्वना हुनेले रू। ३ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दौडमा भाग लिनका लागि १८ बर्ष उमेर पूरा भई ४० बर्ष नकाटेको हुनुपर्ने छ ।
    कार्यक्रममा वराहक्षेत्र नगरपालिका एवम् गृह जिल्लाका धरान, इटहरी, इनरूवा साथै मोरङ, उदयपुर, सप्तरी, सिराह, झापा, धनकुटा, भोजपुर लगायतका छिमेकी जिल्लाहरूबाट करिब ५ सय धावक उपस्थित भई कार्यक्रममा सहभागी हुने अनुमान गरिएको समेत सो पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
    करिब ६ लाख बराबरको लागतमा संचालन हुने सो कार्यक्रमका लागि केही उत्पादक कम्पनीहरू, स्थानीय समाजसेवी, जेसीजका मानार्थ सदस्य तथा पूर्व अध्यक्षहरूबाट सहयोग प्राप्त भएको सो कार्यक्रमका कार्यक्रम संयोजक लोमनाथ दाहालले जानकारी गराए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…